संगीतकार बसन्त सापकोटा गायक पनि बन्ने दौडमा छन् । उनले, केहि नेपाली चलचित्रको गीतमा आवाज दिइसकेका छन् । पछिल्लो समयमा संगीतकारहरु पनि गायक बनिरहेको समयमा बसन्त पनि आफ्नै आवाजमा गीत तयार पार्न तल्लिन छन् ।

Advertisement

बसन्तकै शब्द, संगीत र स्वर रहेको ‘जाली रुमाल’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । संगीतकार सापकोटाले आफूलाई दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताए । यो गीतको म्यूजिक भिडियोमा निराजन प्रधान र मरिष्का पोख्रेलको मोडलिङ छ ।

भिडियोमा अर्जुन तिवारीको निर्देशन, सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन छ । गीतका शब्दहरु दर्शकको मुखमा झुण्डने खालका छन् ।

https://youtu.be/7LOGM0YZF5Y

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!