विराटनगर, २८ मंसिर । विराटनगर जेसिजको सम्पन्न अधिवेशनले राजेन्द्र थपलियाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । ‘एक वर्ष एक पद, एक व्यक्ति’को धारणा रहेको युवाको साझा संगठन जेसिजमा सन् २०१८ का लागि नयाँ कार्य समिति चयन गरिएको हो ।
४३ वर्ष अघि स्थापना भएको जेसिजले थपलियालाई निर्विरोध चयन गरेको हो । नयाँ समितिमा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सेवक बजगाईं, तालिम निर्देशक प्रदिप दाहाल, कार्यकारिणी उपाध्यक्ष तुलसी निरौला र प्रितेशराज दाहाल चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा निरज कोइराला, पंकज सापकोटा, राजन पराजुली र विकास रौनियार रहेका छन् । अधिवेशनले जेसिजको जनसम्पर्क अधिकारीमा केशव बस्नेतलाई निर्विरोध चयन गरेको छ ।