निश्चल पोख्रेल/संगालोखबर

धनकुटा, २३ मंसिर । धनकुटामा जारी पूर्वाञ्चल गट ट्यालेन्टको पाँचौ चरणबाट १७ जना प्रतियोगि छनौट भएका छन् । धनकुटाको तल्लो टुडिखेलमा शनिवार भएको छनौट चरण पार गर्दै नृत्य, गायन, अभिनय लगायत बिधाका प्रतियोगिहरु छैठौ चरण प्रवेश गरेका हुन् ।

पाँचौ चरणमा पुगेका ३० जना मध्येबाट १७ जना छनौट गरिएको प्रतियोगिताका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिएका छन् । प्रतियोगिहरु छनौटका लागि सरोज भुलेज, सुर्य वालिङ, गोस्तेल लुङ्गेली मगर र कुमार अनुरागी निर्णायकको भूमिकामा थिए ।

निर्णायकको साथमा तस्वीर खिचाउँदै छनौट भएका प्रतियोगिहरु । तस्वीर:निश्चल पोख्रेल/संगालोखबर

अव पुष ८ गते छैठौ चरण हुँने आयोजक टिन्स क्रियु डान्स सेन्टर धनकुटाले जनाएको छ । छौठौ चरणबाट १० जना छनौट हुनेछन् । आगामी माघ ८ गते हुँने फाईनलबाट पूर्वाञ्चल गट ट्यालेन्ट छनौट गरिने प्रतियोगिताका संयोजक योगीले बताएका छन् ।

छौठौ चरण प्रवेश गरेका प्रतियोगिहरुको नामावली:-
१. संस्कृति नेपाली
२. जीज्ञासु गिरी
३. भविन राई
४. जुनी राई
५. प्रकाश राजवंशी
६. सविता राई
७. हेमराज साम्पाङ
८. विज्ञान राई
९. सविता बि.क
१०. सोनी गुरुङ
११. राजेश तामाङ
१२. प्रशान्त सुन्दास
१३. वर्षा राई
१४. खुसी तामाङ
१५. दिपक शाक्य
१६. सिदिज श्रेष्ठ
१७. रिकेश भण्डारी

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/SangaloKhabarOnline/videos/1359619534148790/

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!