धनकुटा, २० मंसिर । बिहिबार हुँने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा सवै तयारी पुरा भएको छ । मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनकुटामा १ सय १७ मतदान स्थलमा १ सय ५३ मतदान केन्द्र तयार गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पोडेलले संगालोखबरलाई बताएका छन ।
उनका अनुसार करिव ६५ प्रतिसत मतदाता परिचयपत्र पनि वितरण भईसकेको छ ।
मतदानका लागि १ हजार २ सय २४ जना कर्मचारी केन्द्र–केन्द्रमा पुगिसकेका छन । एउटा केन्द्रमा ८ जनाका दरले कर्मचारी खटाईएको छ । सवै ठाउँमा मतदान गर्ने स्थल पनि तयार गरिएको छ ।
प्रतिनिधि सभाका लागि १ क्षेत्र र प्रदेश सभाका लागि २ क्षेत्र तोकिएको धनकुटामा १ लाख ५ हजार १ सय ८८ मतदाता छन । शान्तिपूर्ण वातावरणमा मतदानका लागि सुरक्षा ब्यवस्था पनि मजवुत पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।