धनकुटा, १८ मंसिर । धनकुटासहित ४५ जिल्लामा आज देखि तीन दिनका लागि शिक्षण सस्थाहरु बन्द भएका छन । दोस्रो चरणको चुनाव हुन लागेका ४५ वटै जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका हुन ।
निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्मका लागि विद्यालयहरुमा विदा दिएको हो । अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ ।
धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो ।
दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।