धनकुटा, ११ मंसिर । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुलले सोमबार आयोजना गरेको नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनकुटा इङ्गलिस बोडिङ स्कुल प्रथम भएको छ ।
सातौ फडिन्द्रप्रसाद स्मृति दिवसको अवसरमा आयोजित हाजिरीजवाफमा तुलसीमेहर इङ्गलिस बोडिङ स्कुल दोस्रो र तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल तेस्रो भएका छन् ।
प्रथम हुँने धनकुटा बोडिङलाई ५ हजार, दोस्रो हुँने तुलसीमेहरलाई ४ हजार र तेस्रो हुने तमोर भ्याली स्कुललाई ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा तमोर भ्याली स्कुलले धनकुटा नगरपालिका ७ नम्बर वडाका निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष ज्ञानबहादुर गुरुङ, एनप्याब्सन प्रदेश नं १ का सचिव राजन पौडेल, ७ नं का वडाध्यक्ष जंगबहादुर राई लगायतले बिद्यालयलाई सफलताको शुभकामना दिएका छन ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल दुर्गाप्रसाद लुईटेलले कार्यक्रमको औचित्य बताउँदै स्वर्गिय शिक्षक लुईटेलको संझना गरे । त्यस्तै शिक्षिका देवीका लुईटेलले मन्तब्य मार्फत अतिथि र सहभागिलाई स्वागत गरेकी थिईन् ।
थप तस्वीरहरु हेर्नुहोस् …