
ताप्लेजुङ, ९ मंसिर । ताप्लेजुङकाे सदरमुकामस्थित श्री भानु जन माध्यमिक बिद्यालयमा मतदाता परिचय पत्र बितरण गर्दागर्दै शनिबार दिउसाे १ ५० मा एक्कासी बम बिस्फाेट भएकाे छ ।
पहिलाे चरणमा हुन गइरहेकाे प्रतिनिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनलार्इ असफल तुल्याउन ताप्लेजुङकाे मतदान केन्द्रमा बम बिस्फाेट गराइएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।
भाेली अाइतबार हुने पहिलाे चरणकाे निर्वाचनकालागि मतदान स्थलकाे निर्माण कार्य चलिरहदा एक्कासी बम बिस्फाेट भएपछि मतदान परिचयपत्र बनाउन अाएका शयाै स्थानीयहरूकाे भागदाैड मच्चीएकाे थियाे ।
बम बिस्फाेटबाट बिद्यालयकाे चाैरमा ठुलाे खाल्डाे बनेकाे र अासपासका क्षेत्रहरूमा शुरक्षा ब्यवस्था कडा बनाइएकाे छ । अहिले साे स्थानमा बाक्लाे शुरक्षाकर्मीहरू परिचालन गरिनुकासाथै नेपाली सेनाकाे बम डिस्पाेजल टाेली पनि खटाइएकाे छ ।















