देबराज राई/संगालोखबर

उदयपुर, ८ मंसिर । उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–८ नेपालटारमा बामगठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम प्रहार भएको छ ।

शुक्रबार साँझ करिव ६ बजेको समयमा गठबन्धनको नरेटारको कार्यक्रम सकेर नेपालटार फर्कदै गर्दा गठबन्धनका प्रतिनिधिसभा उमेदवार माओवादी केन्द्रका शुरेसकुमार राई ‘हिमाल’ र प्रदेशसभाका उम्मेदवार नारायण बुर्जामगर चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रत्यक्षदर्शी जीवन श्रेष्ठले बताएका छन ।

Advertisement

बम प्रहारबाट कुनै क्षति नभएपनि त्यस क्षेत्रमा त्रास पैmलिएको छ । घटनास्थल आसपासमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । निर्वाचनको बिथोल्न सक्रिय समूहले जनतालाई तर्साउँन सुतली बम पड्काएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!