लहान, ८ मंसिर । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई गएराति सिरहा गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!