भोजपुर, १ मंसिर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो ।

Advertisement

घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा आगो सल्केको हो ।

आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दक्षिणी क्षेत्रको विकट गाउँमा आगलागी भएकाले आगो नियन्त्रणमा कठिन भएको थियो ।

आगलागी करिब २ घण्टापछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!