काठमाडौं, ३० कात्तिक ।  आउँदो माघ १९ लाई प्रदर्शन मिति तोकेको सिनेमा शेरबहादुरको पहिलो गीत सार्वजनिक भएको छ । कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको ‘कान्छी मट्याङ ट्याङ’ मा मेनुका प्रधान, कर्मा र रबिन्द्र झालाई फिचर गरिएको छ ।

Advertisement

धिराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमा ‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ मा गायिका मीना निरौला र कोशिश क्षेत्रीको स्वर रहेको छ ।

पुराना छायाँकार गौरीशंकर धुजुले धिराज राजवंशीसँगको सहकार्यमा निर्माण गरेको ‘शेरबहादुर’ लाई आर राजवंशीले निर्देशन गरेका हुन् । त्यस्तै निर्देशक प्रदीप भट्टराईले यसमा  क्रियटिभ निर्देशकको रुपमा काम गरेका छन् ।

https://youtu.be/1hdduPEDBg4

सिनेमामा मुख्य पात्रको रुपमा अभिनेता सुनिल थापा प्रस्तुत हुँदैछन् ।  त्यस्तै  मेनुका प्रधान, रबिन्द्र झा, कर्मा शाक्य, जान्बी बोहोरा लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!