संगालोखबर


विराटनगर । विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही चयन भएका छन् । वर्ष २०२७ का लागि शाही अध्यक्षमा चयन भएका हुन् ।

यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल चयन हुँदा नयाँ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षहरूमा गौरव कर्ण र सृजना थापा तथा तालिम निर्देशकमा सविन अधिकारी चयन भएका छन् ।

Advertisement

उपाध्यक्षहरूमा प्रवीन दाहाल, रोशनी मास्के, हेमन्त रजक र पंकज मेहता चयन भए । जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो लागि यो एउटा ठूलो जिम्मेवारी, अवसर र चुनौती पनि भएको बताए ।

उनले विराटनगर जेसीजलाई अझ सशक्त, सक्रिय र गौरवशाली संस्थाका रूपमा थप नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!