संगालोखबर


विराटनगर । विराटनगरमा यात्रुले सिटी सफारीमा छाडेको पाँच लाख रुपैयाँ बुझाउने चालकलाई सम्मान गरिएको छ । ‘सुरक्षित यात्रा अभियान’ शुभारम्भ कार्यक्रमका अवसरमा सफारी चालक मोरङको बुढीगंगा गाउँपालिका-१ का ४७ वर्षीय जितबहादुर राईलाई सम्मान गरिएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले चालक राईलाई सम्मान गरेका हुन् । सफारीमा छुटेको नगद कुनै प्रलोभनमा नपरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने ‘सुरक्षित चालक नम्बर ३६६’ का सिटी सफारी चालक राईलाई सम्मान गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

कात्तिक १६ गते विराटनगरका गोपालकुमार मिश्रले प्रदेश १-०२-००५ ह ५३३२ नम्बरको सिटी सफारीमा कालो रङ्गको झोला छुटाएका थिए । छुटेको झोला सफारी चालक राईले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाएपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!