
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा दुई सय ४५ रुपैयाँ बढेर तीन हजार एक सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















