
धनकुटा । धनकुटाको परिचय मोडमा ईभी गाडीले ठक्कर दिँदा दुई बालक घाइते भएका छन् । सुनसरीको इटहरीबाट संखुवासभाको चैनपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४६८४ नम्बरको ईभीले आज दिउँसो करिब ३ः४५ बजे दुई बालकलाई ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट सहिदभूमि गाउँपालिका-१ का १२ वर्षीय चासुम राई र १० वर्षीय निहाङ राई घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार निहाङको पेटमा चोट लागेको र अवस्था गम्भिर रहेको छ । उनीहरूलाई सुरुमा जिल्ला अस्पताल लगिएपनि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
ईभी चालक संखुवासभाको मादी नगरपालिका-८ का ४३ वर्षीय निमा साङगे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीले बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 



















