संगालोखबर


विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुलकी छात्रा स्नेहा कोइरालाले रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा काश्य पदक जितेकी छिन् ।

उक्त प्रतियोगितामा कोइरालासँगै नेपालका चारजना विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका हुन् । प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदकसहित चार पदक जित्न सफल भएको छ ।

Advertisement

रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जिते भने ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका हुन् ।

रजत पदक विजेता रिवाशले प्रतियोगितामा ‘डायमन्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरे । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।

रुसमा सम्पन्न प्रतियोगितामा आफ्ना विद्यार्थीले भाग लिने मात्रै नभई देशकै नाम राख्दै उपाधि जित्दा गौरव लागेको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए । यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड जुनियरमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!