संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१२ रोडषेशबाट लागूऔषध ब्राउन सुगरसहित होटल सञ्चालक पक्राउ परेका छन् ।

रोडषेशस्थित बिरेन्द्र होटल एण्ड लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-११ का ३५ वर्षीय निकु सिंहलाई पक्राउ गरेको हो ।

खानतलासी गर्दा होटलको काउन्टर नजिकै रहेको कालो प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका सिंहविरुद्ध प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!