संगालोखबर

धनकुटा । धनकुटाको मुलघाटमा आज प्रहरीले ठूलो परिमाणमा गाँजा र लागूऔषध ट्याब्लेट जलाएर नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद भएको गाँजा र लागूऔषध ट्याब्लेट जलाएर नष्ट गरिएको हो ।

१ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ ट्याब्लेट लागूऔषध जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बरामद भएको लागूऔषध अनुसन्धान पश्चात कानुन बमोजिम जलाएर नष्ट गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!