संगालोखबर


विराटनगर । मोरङको ग्रामथानमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक १६ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-३ सिद्राहा झोसटोलका २६ वर्षीय अभिषेक कुमार माझी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २४ गते बेलुका करिब ७ बजे ग्रामथान गाउँपालिका-५ तेतरिया चोकस्थित विराटचोक-घिनाघाट सडक खण्डमा माझीले बाटो क्रस गर्दै गर्दा सोही स्थानकी ७० वर्षीया नरमाया त्रिताललाई ठक्कर दिएका थिए ।

Advertisement

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा असोज २५ बिहान करिब ४ बजे मृत्यु भएको थियो । घटनापश्चात् मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको थियो ।

घटनास्थल वरपर जडान गरिएका सिसी क्यामेराका फुटेज आधारमा अनुसन्धान गर्दा को ३९ प ३४६ नम्बरको पल्सर मोटरसाइकल र चालक माझीको पहिचान भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रहरीले कात्तिक ९ गते दिउँसो ३ः३० बजे माझीलाई उनकै घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका माझीमाथि मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!