
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला तीन हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
























