संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-६ पाङ्सिङमा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । स्थानीय डम्बर कार्कीले आज दिउँसो करिब १२ बजे श्रीमती तारा कार्कीमाथि खुकुरी प्रहार गरेका हुन् ।

Advertisement

खुकुरी प्रहारबाट ताराको टाउको, ढाड र हातमा गम्भीर चोट लागेको छ । धनकुटा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

खुकुरी प्रहारपछि डम्बर फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । स्थानीयका अनुसार डम्बर लामो समयदेखि सम्पर्कविहीन थिए । केही दिन अघि मात्र उनी घर फर्किएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!