संगालोखबर


काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको हो ।

विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको उल्लेख गरेको छ ।

श्रम ऐन २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था गरेको छ ।

यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराए सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन भनिएको छ ।

चाडपर्व खर्च उपलब्ध नगराउने प्रतिष्ठानलाई अनिवार्य उपलब्ध गराउन भनिएको र उपलब्ध नगराउने माथि श्रम ऐन अनुसार कारबाही हुने जनाइएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!