संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको छ ।

डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छानो भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट सुरु भएको आगलागीबाट ९ घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । १ घरमा आंशिक क्षति भएको छ ।

आज दिउँसो करिब १ः४० बजेबाट सुरु भएको आगो केहीबेरअघि पूर्णरूपमा नियन्त्रणमा आइसकेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंले जानकारी दिए ।

फुङलिङ नगरपालिकाका दुई वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको हो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण तथा भौतिक क्षतिको विवरण आउन बाँकी छ । क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!