
विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । भर्खरै आगो पूर्णरूपमा नियन्त्रणमा आएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंले संगालोखबरलाई जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । प्रारम्भिक विवरण अनुसार १० घर क्षति पुगेको छ । जसमध्ये ७ घरमा पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । ‘आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलनको काम सुरु भएको छ’, डीएसपी बजगाईंले भने, ‘थप विवरण आउन बाँकी छ ।’

संगालोखबर 
















