झापा, १२ कात्तिक । बालक हत्याको विषयलाई लिएर शुक्रबार स्थानीय र प्रहरीबीच भएको झडप र गोलीकाण्डपछि बिर्तामोडको अवस्था अझै शान्त हुन सकेको छैन ।

Advertisement

शुक्रबार दिउँसोबाट स्थिति थप तनावग्रस्त भएपछि लगाइएको कफ्र्यु आदेश आइतबारसम्म पनि जारी रहँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् भने विर्तामोड बजार र आसपासमा त्रास कायमै छ ।

यस्तो थियो घटनाको पृष्ठभूमि
अर्जुनधारा ११ का ११ वर्षिय बालक गत असोज १४ गते मृत अवस्थामा फेला परे । शिवाकोटी विजया दशमीको दिन विहानै फुपूको छोराले विदेशबाट ल्याएको जुत्ता लिन गएका थिए ।

दिनभरघर नफर्किएका शिवाकोटीको भोलिपल्ट विहान घरबाट ६ किलोमिटर टाढा अर्जुनधारा ५ को बैशावाडीमा पानीमा डुबेको अवस्थामा शव भेटियो ।

सिवाकोटी परिवारका सदस्यहरुका अनुसार उनि फुपूका छोरा १२ वर्षीय मनिष थापाको जुत्ता लिन साइकल चढेर बिर्तामोड ५ स्थित सुधिर पोखरेलको घर गएका थिए ।

अपराहृनसम्म पनि नफर्किएपछि परिवारका सदस्यहरु पोखरेलको घर पुगेपनि उनीहरु सपरिवार गोल्धाव टीका लगाउन गएका रहेछन् । जब राति ९ बजे पोखरेलको सपरिवार घर फर्किए तब शिवाकोटी परिवारले लक्ष्मण दिउँसै घर गएको खबर पायो । त्यसको भोलिपल्ट बिहान खाल्डोको पानीमा भासिएको अवस्थामा बालकको शव भेटियो ।

शव क्षतविक्षत थियो
शवको हात, टाउको र अण्डकोषमा चोट देखिन्थ्यो । शिवाकोटी परिवारको भनाईअनुसार मृतक बालक पोखरेलको घरमा विदेशबाट ल्याइएको खेलौना हेलिकप्टर खेल्न थाले ।

त्यही क्रममा लक्ष्मण ठोक्किए र बेहोस भए र त्यही उनको मृत्यु भयो । तर, अस्पताल लानुपर्ने समयमा घटनालाई लुकाउन खोजियो र, बच्चालाई नजिकैको पोखरीमा फ्याकेर घटना ढाकछोप गरियो ।

त्यसलाई आधार मान्दै परिवारले लक्ष्मणको हत्या भएको दाबी गर्दै पोखरेल परिवारका ८ सदस्यबिरुद्ध किटानी जाहेरी दिन खोजेपनि प्रहरीले लिन मानेको थिएन ।

त्यसको केही दिनपछि मृतकका आफन्त र स्थानीयले नाराबाजी गर्दै प्रहरी कार्यलय घेरेपछी मात्र दवावमा प्रहरीले जाहेरी दर्ता गर्यो र पोख्रेल परिवारका र तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा ३६ वर्षीय सन्तोष पोखरेल, ३४ वर्षीय समिर पोखरेल र ३२ वर्षीय सुधिर पोखरेल छन् ।

प्रहरी अनुसन्धान फितलो 
सुरुमा जाहेरी दर्ता गर्न नमानेको प्रहरीले राजनीतिक दवावका कारण पक्राउ परेकामाथि अनुसन्धानमा उदासिनता देखाएको परिवार र स्थानीयले बताउदै आएका छन् ।

त्यसयता लक्ष्मणको हत्या भएको भन्दै दोषीमाथि कारबाही गरिनु पर्ने मागसहित दैनिकजसो बिर्तामोड र अर्जुनधारामा  प्रदर्शन भइरहेको थियो । पटक पटक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदै आयो ।

घटनाप्रति शंकाको खाडल गहिरिदै जाँदा अनुसन्धानमा संलग्न ईलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले खाल्डोमा रहेको शवलाई माछा वा अन्य कुनै कुराले खाएकाले त्यो चोट भएको हुन सक्ने बताएका थिए ।

तर, अहिले उनी खुलेर कुरा गर्न तयार छैनन् । लक्ष्मणको शवलाई पोष्टमार्टमका लागि सुुरुमा अञ्चल अस्पताल भद्रपुर लगिएको थियो । तर, त्यहाँ नभएपछि धरान पठाइयोे र ‘अन आइडिन्टिफाइड’ रिपोर्ट आएको विष्टले बताएका थिए ।

शुक्रबारबाट थप चर्कियो आन्दोलन
शिवाकोटी परिवारले अनुसन्धानमा प्रहरीले उदासिनता देखाएको आरोप लगाउनु स्वभाविक थियो । प्रहरीले घटनाको छानबिनका  बिषयमा  कुनै तथ्यगत आधार दिन र पीडित परिवारलाई प्रष्ट पार्न नसकेपछि गत शुक्रबार स्थानीय र परिवारका सदस्यहरुले बिभिन्न बिरोधका कार्यक्रमसहित नगर परिक्रमा गर्ने कार्यक्रम आयोजना गरे ।

महानन्द चोकबाट अघि बढेको र्यालीमा प्रहरीले नै स्कटिङ गरी मुक्तिचोकसम्म ल्याएको थियो । तर ,र्याली जब मुक्तिचोक आइपुग्यो आफैले सुरक्षा दिएको र्यालीमा प्रहरीले अन्धधुन्ध लाठी बर्साउन थाल्यो ।

त्यसपछि आक्रोसित आन्दोलनकारी र प्रहरीबिच शुक्रबार बिर्तामोडको बिभिन्न स्थानमा कयौपटक भिडन्त भयोभने प्रहरीले दर्जनौ राउण्ड अश्र्ग्यास प्रहार गर्यो ।

त्यसक्रममा दर्जनौ आन्दोलनकारी र प्रहरी घाइते भएभने प्रहरीले बजार र भित्रि गल्लीका पसलमा समेत प्रबेश गरेर सर्वसाधारणमाथि लाठी बर्सायो ।

प्रहरी दमनपछि आक्रोशको परिणाम
शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला प्रहरीले चरम दमन गरेपछि आक्रोशित भिडले मुक्तिचोकमा रहेको प्रहरी बिटमा आगजनी गर्यो भने सडक किनारामा रहेका चेतावनी बोर्ड र सिसि क्यामेरा समेत तोडफोड भए ।

त्यही क्रममा भिडले इलाका प्रहरी कार्यालय बिर्तामोडसँगै जोडिएको सडक बिभागको यन्त्रिक कार्यालयमा राखिएका दर्जनौ सवारीसाधन र सडकमा गुडिरहेका एम्बुलेन्स समेत तोडफोड भए ।

स्थितिलाई नियन्त्रणमा लिन शुक्रबारै दिनको १ः३० बजेबाट स्थानीय प्रसानसनले कफ्यू आदेश जारी गरेपनि कुनै सार्वजनीक सूचना नगरिएका कारण प्रदर्शनकारीहरु जारी कर्र्फयू आदेशबारे अनबिज्ञ हुदा घटनाले गोलीकाण्डको रुप धारण गर्यो । पुर्वमा बसपार्क, पश्चिममा चारपानेचोक, उत्तरमा महानन्दचोक र दक्षिण बिर्ताबजार सम्मको क्षेत्रमा कर्र्फयू जारी भयो ।

कर्फ्यू जारी भएको एक घण्टा नबित्दै प्रहरीको गोली लागी एकजनाको मृत्यू भयो भने सात जना सर्वसाधारण गोली लागि घाइते भए  । प्रहरीको गोली प्रहारबाट अर्जुनधारा नगरपालिका ११ का ३० बर्षिय नरेश थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गर्यो । उनको पाखुरा र कोखमा गोली लागेपछी उपचारका लागि मेचि अञ्चल अस्पताल तर्फ लादै गर्दँ मृत्यू हो ।

गोली प्रहारबाट बाहदशी गाउँपालिका राजगढका सुनिल पाठक, मेची नगरपालिका ९ का अशोक बस्नेत, कन्काई नगरपालिकाका नवराज कोइराला अर्जुनधारा नगरपालिका ६ का पुण्य प्रसाद लुइटेल घाइतेभएका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका ६ का देबनन्द राजबंशी, माइ नगरपालिका १ दानाबारी इलामका मनी नेपाली र बिर्तामोड नगरपालिकाका विरेन्द्र पौडेल घाइते भएका छन् । घाइहरुको मेची अञ्चल अस्पताल भद्रपुर र बिर्तामोडको बि एण्ड सि अस्पताल, बिर्तासिटी अस्पताल र मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
सात बुँदे सहमति
शुक्रबारबाट शुरु भएको कर्र्फयू यथावत रहेकै अवस्थामा शनिबार बिर्तामोडमा दुवैपक्षबीच ७ बुँदे सहमती भएको छ । सहमतिअनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका नरेश थापामगरको परिवारलाई १० लाख रुपैयाँ दिने, उनकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने, ६ महिनाको बच्चालाई नगरपालिकाले निःशुल्क अध्ययनको व्यवस्था मिलाउने ।

बालक मृत्युको घटनामा छानबिन गरेर दोषिलाई अदालतमा मुद्दा दर्ता गर्ने र कारबाही अगाडि बढाउने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने र क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिनेसमेत सहमति भएको जिल्ला समन्वय समितीका संयोजक सोम पोर्तेलले जानकारी दिए ।

त्यसपछी सामान्य तर्फ उन्मुख भएको बिर्तामोडको जनजिवन पुन साझ सात बजे प्रहरी र प्रदर्शनकारीको झडपको स्थितिमा पुग्नै लाग्दा कर्र्फयू आदेश झनै कडा बनाइएयो ।

शनिबार साँझ शनिश्चरे रोडमा प्रदर्शन गर्न निस्किएका प्रदर्शनकारीलाई प्रहरीले लखेटेपछि आज आइतबार समेत कर्फयू यथावत रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रशासनको कर्फ्यु आदेशपछि बिर्तामोड क्षेत्र र पूर्व पश्चिम राजमार्ग ठप्प छ ।

रणभूमि बन्यो बिर्तामोड
नेपाल प्रहरीका एक डीएसपीको लापरबाहीका कारण शुक्रबार झापाको विर्तामोड एकाएक रणभूमिमा परिवर्तन भयो । बालक हत्याको घटनासम्बन्धमा प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन अनुरोध गर्न पुगेका स्थानीयसँग त्यस क्षेत्रका तत्कालीन डीएसपी राजकुमार सिलवालले गलत बोली र व्यवहार प्रदर्शन गरिदिँदा अनपेक्षित परिणाम सृजना भयो ।

एक जनाको मृत्यु भयो भने आधा दर्जन व्यक्ति घाइते भए । पीडित परिवारले बालकको हत्या भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिए पनि प्रहरीले भने लिन मानेन ।

तर, पीडित परिवार र आफन्तले जुलुस प्रदर्शन गरेपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्दै ३ जनालाई पक्राउसमेत गरेको थियो । उक्त घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै मृतकका आफन्तहरुले पटकपटक जुलुस प्रदर्शन गर्दै आएका थिए ।

शुक्रबार पनि मृतकका आफन्तले प्रहरीलाई प्रभावकारी अनुसन्धानका लागि आग्रह गर्दा डीएसपी सिलवालले मानिसहरुको भीडमा आफू झापालीहरुलाई तह लगाउन आएको धम्की दिएको प्रदर्शनकारीहरुले बताए ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!