काठमाडौं, ११ कात्तिक । देशका तीन छुट्टाछुट्टै स्थानमा महिलासहित ३ जना मृत भेटिएका छन् । इलाम, म्याग्दी र दोलखामा तीन जना मृत भेटिएको प्रहरी हेडक्वाटर नक्सालले जनाएको छ ।
प्रहरीकाअनुसार इलामको सूर्योदय नगरपालिका–२ खासा लाइन वस्ने २९ वर्षीया निलु राई शनिबार सुतेको स्थानमा मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै, म्याग्दी मंगला गाउँपालिका–५ अर्मन कासेवगरस्थित म्यादी खोलाको किनारमा शुक्रबार मालिका गाउँपालिका–६ दुखु अल्काचौर वस्ने ५९ वर्षीय नरप्रसाद गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
यता, दोलखा भिमेश्वर नगरपालिका–५ स्थित तामाकोशी नदीको किनारमा शनिबार बैतेश्वर गाउँपालिका–७ बस्ने ४६ वर्षीय धुम्बे श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला परेको छ । श्रेष्ठ गत भदौ महिनादेखि हराइरहेको थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।