कार्तिक , ११ कात्तिक । धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा जिल्लाका २० जना भन्दा बढीको मत्यु भएपछि अहिले सिङ्गो सप्तरी जिल्ला शोकमग्न भएको छ ।
दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरुको उक्त दुर्घटनामा मृत्यु भएको हो । आफन्तको मृत्यु भएको खवरसँगै ती गाउँका धेरै घरहरुमा आज चुल्हो बलेको छैन् । ज्यान गुमाएकाहरुको टोलमा रुवावासी नै चलेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्तीमा शनिबार बिहानैदेखि रुवावासी छ । तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएको छ । २ छोरा, बुहारी,२ नातिसहित उनको परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको हो ।
रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए ।
संजितका कान्छा छोरा प्रतिक बेपता छन् । यस्तै संजितका सालो बिटु झा ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । संजितकी साली पुजा अझै वेपता छिन् । संजित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहमा कार्यरत थिए । –कान्तिपुर