तेह्रथुम, ११ कात्तिक । वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति–म्याङलुङ सडक खण्ड छ महिनापछि सञ्चालनमा आएको छ ।

Advertisement

सवारीसाधन सञ्चालनमा आएपछि आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।
वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डी भएका कारण सवारी साधन सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो ।

सडक अवरुद्ध हँुदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुकामको यात्रा गर्न बाध्य थिए ।
जिल्लाका स्थानीय तहले आ–आफ्ना क्षेत्रका सडक खुलाउन सडक मर्मतमा खर्च गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।

चाडबाडका बेला यात्रुलाई आवतजावतका लागि सहज होस् भनेर सडक मर्मत गरिए पनि अहिले मात्र संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

वर्षाले अवरुद्ध ६८ किलोमिटर आठराई संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएपछि साना सवारीसाधन समेत आवतजावत गर्नसक्ने सुनसरी यातायत संघ आठराईका प्रमुख बद्री सेढार्इंले बताउनुभयो ।

अहिले म्याङलुङ–वसन्तपुर, म्याङलुङ– पोक्लाबाङ, सिधुवा–शुक्रबारे, म्याङलुङ सम्दु, जिरिखिम्ती– मोराहाङ, संक्रान्ति–खाम्लालुङ, सक्रान्ति–थोक्लुङ, औँशीडाँडा–थोक्लुङ सडक सञ्चालन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!