Advertisement

झापा, ११ कात्तिक । झापाको बिर्तामोडमा हिजो एकजनाको ज्यान जाने गरी भएको घटनालाई गृह मन्त्रालयबाट खटिएको टोलीले छानवीन गर्ने भएको छ ।

गृह मन्त्रालयले घटना छानवीनका लागि सह–सचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा गठन गरेको ४ सदस्यीय टोली आज झापा पुग्ने हाम्रा सहकर्मीले जनाएका छन् ।

घटनाका बारेमा छलफल गर्न स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि लगायतकोसर्वदलिय बैठक अहिले बसीरहेको छ । यसअघि हिजो बसेको सर्वदलिय बैठकले हत्या भएका बालकको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय गरेको थियो । आजको बैठकमा  थप विषयमा छलफल भइरहेको जनाइएको छ ।

बालक हत्याको विरोधमा निकालिएको र्‍यालीमा हिजो प्रहरीले दमन गर्दा गोली लागेर एकजनाको मृत्यु भएको थियो । अन्य ११ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हिजोको घटनालाई लिएर स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु अहिले पनि यथावत छ । मुख्य चोक आसपासका क्षेत्रमा स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले सेना परिचालन गरेको छ ।

गत असोज १४ गते अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण सिवाकोटीको हत्यामा संलग्न भएको भन्दै उनको परिवारले ८ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।

हत्या भएको झण्डै १ महिना बितिसक्दा पनि उनीहरुमाथि कारबाही नभएको भन्दै हिजो  बिर्तामोड बन्द गरी मृतकका आफन्त प्रर्दशनमा उत्रिएका थिए ।-कान्तिपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!