संगालोखबर


विराटनगर । विराटनगर-६ स्थित सिटी बोर्डिङ स्कुलले पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रमको अवसरमा दुई पूर्वविद्यार्थी नितीका मल्ल र स्वस्तिका मल्ललाई सम्मान गरेको हो ।

उनीहरूले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाएको भन्दै स्कुलले सम्मान गरेको हो । कानुन संकायकी विद्यार्थी स्वस्तिका न्यायिक अभ्यास तथा पैरवी क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।

Advertisement

त्यसैगरी नितीका नोबेल मेडिकल कलेजमा नर्सका रूपमा कार्यरत रहँदै ‘हेल्पिङ ह्यान्ड्स’ संस्थामार्फत ग्रामीण समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छन् । विद्यालयले उनीहरूको योगदानले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!