
विराटनगर । विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाडौंको चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।
खेल साँझ ६ बजेबाट विराटनगरको सहिद रंगशालामा सुरु हुनेछ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले सेमिफाइनलको यात्रा तय गरेको छ ।
वैशाख ५ गतेसम्म चल्ने यस रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित ८ टिमको सहभागिता छ ।
विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

संगालोखबर 























