संगालोखबर

विराटनगर । विराटनगरमा जारी ५ औँ संस्करणको इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हब फाइनलमा प्रवेश गरेका छन् ।

Advertisement

आज भएको पहिलो खेलमा विराटनगरले सिरहालाई ८ विकेटले पराजित गर्दै ४ अंककासाथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । लगातार २ खेलमा पराजित हुँदै सिरहा प्रतियोगिताबाट बाहिरिएको छ ।

तालिकामा सप्तरीको राजविराज हब २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै २ खेल खेलेको विराटनगरको नेट रन रेटमा पछि पर्दै ४ अंकका साथ दोस्रो स्थान, सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन रहँदै तेस्रो र आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) पनि २ खेलमा पराजित हुँदै तालिकाको पुच्छरमा रहेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनकाे आयोजनामा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गरेकोे सिरहाले १६ दशमलव ४ बलमा सबै विकेटको क्षतिमा ६३ रन मात्रै बनाउन सक्यो ।

सिरहाकी मिना महतोले १७ रन बनाउँदा निलम महतोले ११ रन बनाइन् । विराटनगरकी कप्तान सानु राजवंशीले ३ विकेट लिँदा, साम्रिका गौतमले र समीक्षा राईले २–२ विकेट तथा धनमति रायले १ विकेट लिइन् ।

६४ रनको लक्ष्य पाएको विराटनगरले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । प्लेयर अफ म्याच विराटनगरकी कप्तानसानु राजवंशीले सर्वाधिक अविजित ३५ रनको योगदान गरिन् । सिरहाकी स्वेता लामाले १ विकेट लिइन् ।

दोस्रो खेलमा राजविराज हबले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) लाई १ सय १९ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पराजित हुँदै एनसीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५० रनमा विशाल स्कोर बनाएको थियो । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले सर्वाधिक अविजित ७२ रन बनाइन् ।

यादवले ६३ बलमा ५ चौका प्रहार गर्दै ७२ रन बनाउँदै प्रतियोगितामा पहिलो हाफ सेन्चुरी बनाउँन सफल भइन् । एनसीएफकी अनिष थापाले १ विकेट लिँदा सञ्जिता खडका, टनुजा मगर, सञ्जु परियार र झरना घिमिरे १–१ विकेट लिइन् ।

१ सय ५१ रनको विशाल लक्ष्य पाएको एनसीएफले १९ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ३१ रन मात्र बनाउन सक्यो । एनसीएफका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । राजविराजकी सचिता यादवले २ विकेट लिँदा सुस्मिता यादवले १ विकेट लिइन् । बाकी विकेट रन आउट भएको थियो ।

लिगको अन्तिम खेलमा आइतबार सिरहा र एनसीएफ–११ तथा विराटनगर हब र राजविराज हब बीच प्रतिस्पर्धा हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!