
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर प्रतितोला चार हजार आठ २० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


संगालोखबर 






















