संगालोखबर सम्वाददाता

धनकुटा, ३० असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ लितुङटारमा प्रहरीले आज २५ रोपनी क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । गाउँमा अवैध रुपमा खेति गरिएको गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रमखु जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको नेतृत्वमा गएको प्रहरी टोलीले ३ हजार १ सय ५२ बोट गाँजा फडानी गरी जलाएर नष्ट गरेको धनकुटाका प्रहरी प्रवक्ता धनप्रसाद शिवाकोटीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

उनका अनुसार प्रमुख जिल्ला अधिकारी उप्रेति, प्रहरी प्रमुख सुदिप राजभण्डारीसहित करिव २० जनाको टोलीले दिनभर लगाएर गाँजा खेति नष्ट गरेको हो ।

गाँजा फडानी गरी नष्ट गरिदै ।

धनकुटामा प्रहरीले अहिले अभियान नै सञ्चालन गरी गाँजा फडानी गरिरहेको छ । यसअघि पनि जिल्लाका बिभिन्न क्षेत्रमा लगाईएको गाँजा खेति फडानी गरिएको थियो ।

छिन्ताङ, आहाले लगायत क्षेत्रमा दैनिक ४÷५ सय बोट गाँजा फडानी भईरहेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन ।   ‘हामीले एक साता अघि देखि अभियान कै रुपमा गाँजा फडानी गरिरहेका छौ ।’

प्रहरी प्रमुख राजभण्डारीले संगालोखबरकर्मीसँग भने ‘गाँजा खेति भएको क्षेत्र पहिचान गरी नियमित रुपमा त्यसलाई नष्ट गर्दैछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!