संगालोखबर


विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ ।

योसँगै कोशी प्रदेशमा निजी शिक्षण संस्था तर्फ केयूको सम्बन्धन प्राप्त गर्ने एभरेष्ट पहिलो संस्था बनेको छ । यद्यपि विराटनगरकै एस्पायर कलेजमा भने स्कुल अफ इन्जिनियरिङको विस्तारित कार्यक्रम अनुसार अध्यापन हुँदै आएको थियो ।

Advertisement

आगामी शैक्षिक सत्रदेखि एभरेष्टमा बीआईटी अध्यापन हुने कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए । सोमबारे एक कार्यक्रमबीच काठमाडौं विश्वविद्यालयका डिन प्रा. डा. मनिष पोखरेल र एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो सँगै एभरेष्टले तत्कालका लागी ३० जना पढाउने कोटा प्राप्त गरेको कलेज प्रशासनले जानकारी दिएको छ । विराटनगरबाट नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एभरेष्टले स्नातक तहमा आउँदो सत्रदेखि अध्यापन सुरु गर्ने जनाएको छ ।

अब कोशी प्रदेशका विद्यार्थीले केयूको बीआईटीको शिक्षा लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता हटेको छ । सूचना प्रविधिको अहिलेको समयमा युवा विद्यार्थीहरूमा आईटी तर्फको आकर्षण समेत बढ्दै गएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!