संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-७ श्रीजंग मार्गमा रहेको म्याक्स लिम्बुको घरमा छापा हानेर प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध र धारिलो हतियारसहित पक्राउ गरेको हो । जसमध्ये एक जना जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी हुन् ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी २५ वर्षीय म्याक्स लिम्बु, सोही स्थानका २८ वर्षीय संसार थापा, १७ वर्षीय मनिष परियार र धरान-१५ का १९ वर्षीय सन्देश लिम्बु छन् । जसमध्ये १९ वर्षीय लिम्बु लागूऔषध मुद्दाका फरार कैदी हुन् ।

लिम्बुको घरबाट लागूऔषध ट्रामाडोल ५७० ट्याब्लेट र स्पासपेन ५५० क्याप्सुल बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

यस्तै घरभित्र लुकाएर राखिएको अवस्थामा १ थान तरबार, २ थान खुकुरी, २ थान कट्टी, धार लगाउने ग्रेन्डर १ थान र सानो बन्चरो १ थान समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!