संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । इटहरीबाट किराना पसलको सामान लिएर हिलेतर्फ जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक बिहान करिब ५ः१५ बजे पेट्रोल पम्प नजिक पल्टिएको हो ।

Advertisement

डिलमुनी खसेर ट्रक उत्तानो परेपनि दुर्घटनामा मानवीय क्षति भएको छैन । चालक र सहचालक दुवै सकुशल छन् । ट्रक पल्टिँदा सामान छरपस्ट छन् ।

‘स्टेरिङ फेल’ हुँदा ट्रक नमोडिएर डिलमुनी खसेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!