संगालोखबर

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशको माध्यमिक तहका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र नतिजा विश्लेषण सम्बन्धी जानकारीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

कक्षा ९ देखि १२ सम्म अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षकहरूका लागि इटहरीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका ९० जना माध्यमिक शिक्षकहरू सहभागि छन् ।

उनीहरूलाई विषय विज्ञहरू डा.गणेशबहादुर सिंह, डा.मोहन पौडेल, उपप्राध्यापक विश्व जोशी, प्राध्यापक सुनिल खनाल र परीक्षा बोर्डका उपनिर्देशक सुभाष पन्तले सहजीकरण गर्दैछन् ।

शिक्षकहरूलाई गुणस्तर प्रश्नपत्र निर्माण ग्रिडको प्रयोग, गोपनीयता विश्वसनीयता नतिजा विश्लेषण लगायत विषयमा तालिम प्रदान गरिदैछ । आर्थिक वर्ष २०८२/८३ को शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका ५ सय विषय शिक्षकहरूलाई अभिमुखीकरण गरिने कार्यक्रम संयोजक तथा परीक्षा बोर्डका उपनिर्देशक सुभास पन्तले जानकारी दिए ।

प्रविधिको युगमा विश्व प्रतिस्पर्धी सीपमूलक तथा वैज्ञानिक र व्यवहारिक शिक्षा आवश्यक रहेकाले उन्नत प्रकारको शिक्षा विकासका लागि तालिमले सघाउ पुर्याउने शिक्षकहरूको अपेक्षा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!