संगालोखबर


धनकुटा । धनकुटाका महिलाहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको छ । मुक्तिनाथ विकास बैंक धनकुटा शाखाले महिलाहरूका लागि वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको हो ।

शनिबार र आइतबार भएको तालिममा ५० जनाभन्दा बढी महिला सहभागि थिए । बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको बैंकका धनकुटा शाखा प्रमुख हरि दाहालले जानकारी दिए ।

Advertisement

यस्तै बैंकिङ साइबर क्राइम फ्रोड सम्बन्धी, कर्जा, बचत परिचालन, आर्थिक आत्मनिर्भरता सम्बन्धी जानकारी गराइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!