संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा इन्टर्न गर्दै गरेका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९ जगदरीका ३४ वर्षीय अमित यादव छन् ।

आज बिहान ६ः३० बजे नोबेलको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव भुइँमा खसेका थिए । प्रहरीका अनुसार भवनबाट खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बिहान ७ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

‘उहाँ नोबेलको एमबीबीएस इन्टर्न डाक्टर हुनुहुँदो रहेछ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘पाचौँ तलाबाट झरेर मृत्यु भएको भन्ने छ । घटनाका सम्बन्धमा थप अनुसन्धान हुँदैछ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!