
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ सरस्वती स्कुल नजिकै टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-१ का २२ वर्षीय श्याम ऋषिदेव छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा को १ ख ५०४९ नम्बरको टिपरबाट मोटो झार्ने क्रममा आज बिहान १० बजेतिर ऋषिदेवलाई करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
माटो झार्ने क्रममा टिपरको हाइड्रोलिकले ११ हजार भोल्टको विद्युत लाइनको तारमा छोएको थियो । टिपर चालक सुनसरीको दुहबी नगरपालिका-७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल रहेका प्रहरीले जनाएको छ ।

संगालोखबर 













