संगालोखबर


विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानबाट मोरङका पाँच जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट मोरङका जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, शिल्पा निराला कार्की र दिलीप बगडिया केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कोशीकै गुरु बराल पराजित भए । यस्तै सचिव पदमा उम्मेदवारी दिएका नेताहरू लालबाबु पण्डित र विनोद ढकाल पनि पराजित भए । लिलाबल्लभ अधिकारी र खेमराज नेपाली पनि केन्द्रीय सदस्यमा पराजित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!