
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तीन हजार आठ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













