
विराटनगर । विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् ।
जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी द्वितीया, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेन्डरी स्कुल तृतीय तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएका छन् । एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘वेस्ट प्लेयर’ घोषित भइन् ।
सिनियर प्लस टु तर्फ १ स्वर्ण र ३ काश्य पदकसहित सुन्दरहरैँचाको ब्राइट फ्युचर स्कुल द्वितीय र १ स्वर्ण तथा १ काश्यसहित विराटनगरको अरनिको स्कुल तृतीय भएका छन् ।
यस्तै फुटबल प्रतियोगिताको उपाधि पथरीको बाल्मिकी स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा भएको फाइनल खेलमा मोडर्नएरा स्कुललाई २-१ गोल अन्तरले पराजित गर्दै बाल्मिकीले उपाधि हात पारेको हो ।
भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेका छन् । जुनियर छात्रमा रंगेलीको सनरे स्कुल र जुनियर छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भए । जुनियर छात्रतर्फ उर्लाबारीको मोरङ मोडेल द्वितीय र रतुवामाईको दाम्राभिट्टा स्कुल तृतीय भए । जुनियर छात्रातर्फ पथरीको एभरेष्ट द्वितीय र बुढीगंगाको मोरङ पब्लिक स्कुल तृतीय भए ।
त्यसैगरी सिनियर छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैँचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते । सिनियर छात्रतर्फ उर्लाबारीको पशुपति स्कुल द्वितीय र उर्लाबारीकै मोरङ मोडल स्कुल तृतीय भए भने सिनियर छात्रातर्फ पथरीको रेडस्टार स्कुल द्वितीय र उर्लाबारीको पशुपति स्कुल तृतीय भए ।
बास्केटबल प्रतियोगितामा जुनियर छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भयो । प्लस टु सिनियर छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भयो भने विराटनगरको एभरेष्ट द्वितीय र सिद्धार्थ स्कुल तृतीय भए । त्यसैगरी प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम, अरनिको स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए ।
विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल र प्रदेश तथा जिल्ला अध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए ।

संगालोखबर 













