
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा छिमेकी ५० वर्षीय पुरूष छन् ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो ।
प्रहरीले पक्राउ गरेको विषयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएकाे छ ।

संगालोखबर 













