संगालोखबर

 

फाइल तस्बिर

विराटनगर । विराटनगर महानगरपालिका-३ बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा मोरङको बेलबारी नगरपालिका-८ का ३० वर्षीय भीम खड्काको मृत्यु भएको हो ।

Advertisement

उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत थिए । प्रहरीका अनुसार गए राति करिब १२ः२५ बजे बरगाछी चोक नजिक कोशी राजमार्गमा कञ्चनबारीतर्फ जाँदै गरेको बा प्र ०२-०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!