संगालोखबर


विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ गडेरीयाबाट ठूलो मात्रामा प्रतिबन्धित औषधी ट्रामाडोल बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा २९ हजार ६ सय ८० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।

बाँसको झ्याङमा २ वटा झोलामा लुकाएर राखिएको अवस्थामा ट्रामाडोल क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । ओसार-पसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

यसैगरी सुनसरीको धरान-१३ बाट प्रतिबन्धित औषधी २७६ चक्कीसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!