संगालोखबर


विराटनगर । मोरङको बेलबारी नगरपालिका-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा झापाको दमक नगरपालिकाका ३० वर्षीय कुमार गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

दुर्घटनामा बेलबारी-६ का २६ वर्षीय शुभाष ऋषिदेव, सोही स्थानका ३५ वर्षीय दिलु ऋषिदेव र २५ वर्षीय बले ऋषिदेव घाइते भएका छन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू सबै ट्याक्टरमा काम गर्ने खुलेको छ ।

प्रहरीका अनुसार आज बिहान १० बजे को २ प ९६१३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!