
विराटनगर । मोरङको रंगेलीबाट सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ का भुपाल भण्डारी, रंगेली-७ का आनन्द साह, रंगेली-४ का रमेशकुमार मण्डल र रंगेली-३ का रुपक गौतम छन् ।
यस्तै रंगेली-६ का रूपेश यादव, कहटरी-२ का समिर क्षेत्री, सोही स्थानका दोर्जे प्रतीक तामाङ र जहदा-१ का गणपत यादव पक्राउ परेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूले सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेको आरोप छ ।
मोरङ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनीहरूको खोजी भइरहेको थियो । उनीहरूलाई सोमबार आ–आफ्नो घरबाटै पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका लगायतका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

संगालोखबर 













