संगालोखबर


विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीको कोशी प्रदेशस्तरीय एकता सन्देश सभा विराटनगरमा सुरु भएको हो ।

पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन् ।

Advertisement

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।

कात्तिक १९ गते पार्टी एकता घोषणा गरेपछि नेकपाले देशव्यापी दौडाहा अन्तर्गत आज कोशी प्रदेशमा सभा गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!